आइपुगे कतारी राजा अमिर-Sutra News

आइपुगे कतारी राजा अमिर

मंगलबार, ११ बैशाख २०८१

मंगलबार, ११ बैशाख २०८१

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल ओर्लिएका छन् ।



राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने भ्रमणमा आएका उनी दिउँसो ३ बजेर ३५ मिनेटमा काठमाडौं ओर्लिएका हुन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल पुगेका थिए । कतारी राजाको राजकीय भ्रमणमा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने छ ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेट गर्ने छन् । साथै उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट