मलेखु औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी-Sutra News

मलेखु औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

मंगलबार, ११ बैशाख २०८१

मंगलबार, ११ बैशाख २०८१

मलेखु । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ ।



पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो ।

केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए ।

गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ ।

धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै आइपुगेका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए ।।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट