यी हुन् शेयर बजारमा लगानीकर्तालाई फाइदा दिलाउने १० कम्पनी-Sutra News

यी हुन् शेयर बजारमा लगानीकर्तालाई फाइदा दिलाउने १० कम्पनी

मंगलबार, २७ चैत्र २०८०

मंगलबार, २७ चैत्र २०८०

काठमाडौं । मंगलबार शेयर बजार बढ्दा अधिकांश कम्पनीका लगानीकर्ताले फाइदा कमाएका छन् । स्टक एक्सचेन्जका अनुसार यस दिन १५० कम्पनीका लगानीकर्ताले फाइदा कमाए ।



जानकी फाइनान्सका लगानीकर्ताले १० प्रतिशत बढी फाइदा कमाउँदा नेपाल फाइनान्स र पोखरा फाइनान्सका लगानीकर्ताले ९.९९ प्रतिशतले नाफा कमाए ।

यसैगरी मंगलबार इमर्जीङ्ग नेपालका लगानीकर्ताले ८.४५ प्रतिशतले नाफा कमाए भने प्रभु स्मार्ट फण्डका लगानीकर्ताले ८.३० प्रतिशतले नाफा कमाए ।

यसैगरी यस उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ७.७४ प्रतिशतले नाफा कमाए भने डोल्टी पावर कम्पनीका लगानीकर्ताले ७.३७ प्रतिशतले नाफा कमाए ।

यसैगरी, ग्लोबल आइएमई ब्यालेन्स फण्डका लगानीकर्ताले ६.८८ प्रतिशतले नाफा कमाउँदा सिवासी लघुवित्तका लगानीकर्ताले पनि ६.५६ प्रतिशतले नाफा कमाए । यसैगरी यस दिन थ्रि स्टार हाइड्रो पावरका लगानीकर्ताले ६.३६ प्रतिशतले नाफा कमाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट