नयाँ गठबन्धनमा मिल्यो भागबण्डा, माओवादीले अर्थ पाउँदा गृह रास्वपाको भागमा-Sutra News

नयाँ गठबन्धनमा मिल्यो भागबण्डा, माओवादीले अर्थ पाउँदा गृह रास्वपाको भागमा

बुधबार, २३ फाल्गुन २०८०

बुधबार, २३ फाल्गुन २०८०

काठमाडौं । सोमबार बनेको नयाँ सत्ता गठबन्धनबीच मन्त्रालयको भागबण्डा टुंगिएको छ । भागबण्डा मिलेसँगै बुधबार साँझसम्म नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहणको तयारी अघि बढाइएको छ ।



प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले दलहरूबीच मन्त्रालयको भागबण्डा मिलेको हो । जसअनुसार नेकपा एमालेलाई ८, माओवादी केन्द्रलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने समझदारी बनेको छ ।

बागबण्डामा रास्वपालाई गृह र माओवादीलाई अर्थ दिने गरी सम्झौता भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट