त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह हुँदै, यी स्थानमा ट्राफिक जाम-Sutra News

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह हुँदै, यी स्थानमा ट्राफिक जाम

सोमबार, २ पौस २०८०

सोमबार, २ पौस २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहान ११ बजेदेखि समारोह सुरु हुनेछ ।



समारोहको सबै तयारी पूरा भइसकेको त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालले जानकारी दिए । उनका अनुसार समारोहमा प्रमुख अतिथिका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने छन् ।

यस्तै, त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनेछ । त्रिवि परीक्षा नियन्त्रणा कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यस वर्ष १२ हजार ४१५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने छन् ।

समारोहमा उपस्थित भएकाहरूका लागि परीक्षा नियन्त्रण कार्यालयले टुँडिखेल, विश्व निकेतन मावि, वर्ल्ड ड्रेड सेन्टर र राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा पार्किङस्थलत तोकेको छ ।

समारोहका कारण टुँडिखेलमा पूर्व र उत्तर, कालीमाटी, पुल्चोकबाट आउने सवारी साधनलगायत स्थानहरूमा ट्राफिक जाम हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट