सरकार र आन्दोलनरत शिक्षकबीच अर्को चरणको वार्ता : होला त सहमति ?-Sutra News

सरकार र आन्दोलनरत शिक्षकबीच अर्को चरणको वार्ता : होला त सहमति ?

शुक्रबार, ५ असोज २०८०

शुक्रबार, ५ असोज २०८०

काठमाडौं । विद्यालय शिक्षा विधेयकविरूद्ध आन्दोलनरत शिक्षक र सरकारबीच सुरू भएको छ। गृहमन्त्रालयमा केही बेरअघिबाट वार्ता सुरू भएको हो।



वार्तामा शिक्षक तथा कर्मचारीहरूले राखेको मागका बारेमा सुरुमा धारणा राख्नेछन् । शिक्षक तथा कर्मचारीले धारणा राखेपछि सरकारको तर्फबाट सरकारी वार्ता टोलीले आफ्नो धारणा राख्नेछ ।

यसअघि बिहान ८ बजे नै वार्ता हुने बताइएपनि दुबै पक्ष आन्तरिक तयारीमा जुटेकाले वार्ता दिउँसोका लागि धकेलिएको थियो।

विधेयकका केही प्रावधानमाथि विमति जनाउँदै शिक्षक तथा कर्मचारी असोज २ गतेदेखि सडक आन्दोलनमा छन् । उनीहरूले विभिन्न १८ बुँदामा संशोधन हुनुपर्ने बताएका छन् । आन्दोलनरत शिक्षक तथा कर्मचारीले आन्दोलनसँगै वार्तालाई पनि अगाडि बढाएका छन् ।

पछिल्ला छलफल सकारात्मक दिशातर्फ उन्मुख रहेको बताइएको छ । पछिल्ला छलफलबारे कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले छिट्टै सहमति पुग्न सकिने बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले पनि छलफल सहमति उन्मुख रहेको बताएका छन् ।

यसअघि बिहीबार पनि दुई चरणमा सरकार र शिक्षक तथा कर्मचारीबीच छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट