संशोधनपछि विद्यालय शिक्षा विधेयक संसदमा दर्ता (पूर्णपाठसहित)-Sutra News

संशोधनपछि विद्यालय शिक्षा विधेयक संसदमा दर्ता (पूर्णपाठसहित)

बुधबार, २७ भाद्र २०८०

बुधबार, २७ भाद्र २०८०

काठमाडौं । विद्यालय शिक्षासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ । मन्त्रिपरिषद्बाट पारित भएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयक संसद सचिवालयमा दर्ता गराएको हो ।



संसदमा दर्ता भएसँगै विधेयकमाथि संसदमा छलफल अगाडि बढ्नेछ । दर्ता विधेयक अब बस्ने संसद बैठकमा पेश गरिनेछ ।

मन्त्रिपरिषद्बाट एक महिना अगाडि नै पारित भएपनि सरकारले पुनः संशोधन गरी बुधबार संसदमा पठाएको हो । निजी क्षेत्रका शैक्षिक संस्था र शिक्षा क्षेत्रका एनजिओहरुले विधेयकका केही प्रावधानमाथि विरोध जनाएका थिए । उनीहरुको विरोधपछि सरकारले संशोधन गरी विधेयक दर्ता गराएको हो ।

प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो खुला गरिएको छ । यसअघि सबै निजी विद्यालय गुठीमा जानुपर्ने बाध्यात्मक व्यवस्था विधेयकमा राखिएको थियो ।

नयाँ विधेयकमा विद्यालय तह स्थापना, सञ्चालन र तह थपको अनुमति दिने अधिकार स्थानीय तहलाई दिइएको छ ।

यस्तै, विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ । प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्नेछ ।

यस्ताे छ प्रस्तावित विधेयक

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट