नागरिकता विधेयक प्रमाणीकरणका सरकारले दबाब दिएको छैन : सञ्चारमन्त्री-Sutra News

नागरिकता विधेयक प्रमाणीकरणका सरकारले दबाब दिएको छैन : सञ्चारमन्त्री

मंगलबार, २ जेष्ठ २०८०

मंगलबार, २ जेष्ठ २०८०

काठमाडौं । सरकारकी प्रवक्ता रेखा शर्माले सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई दबाब नदिएको बताएकी छन् ।



राष्ट्रपति कार्यालयमा थन्किएको विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई सरकारले दबाब दिएको भन्ने हल्ला चलिरहेका मंगलबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै यस्तो बताएकी हुन् ।

यद्यपि यसअघि सरकारमा सामेल दलले नागरिकता विधेयक अघि बढाउने निर्णय गरेका थिए ।

तर, उनले अघिल्लो सदनबाटै अनुमोदन गएर बसेको विधेयक प्रमाणीकरणको विषयमा राष्ट्रपति आफैंले कानुनी परार्मश लिएको बताइन् । नागरिकता मान्छेको जीवनसँग जोडिएको विषयलाई छिटोभन्दा छिटो टुंग्याउनुपर्नेमा सरकार रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट