विद्या भण्डारीले रोकेको नागरिकता विधेयकबारे कानुनविद्सँग छलफल गर्दै राष्ट्रपति पौडेल-Sutra News

विद्या भण्डारीले रोकेको नागरिकता विधेयकबारे कानुनविद्सँग छलफल गर्दै राष्ट्रपति पौडेल

आइतबार, २४ बैशाख २०८०

आइतबार, २४ बैशाख २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) नागरिकता विधेयकबारे कानुनविद्हरूसँग छलफल गर्ने भएका छन्।



यसअघि दुवै सदनबाट पारित भएर राष्ट्रपति कार्यालयमा रोकिएको सो नागरिकता विधेयकको अवस्था के हुन्छ भन्नेबारे राष्ट्रपति पौडेलले दिउँसो शीतलनिवासमा कानुनविद्हरूसँग छलफल गर्ने भएका हुन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकालमा नागरिकता विधेयक दुवै सदनबाट पास हुँदा पनि प्रमाणीकरण नगरी रोकेर राखेकी थिइन्। सरकारले फेरि नागरिकता विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ।

नागरिकता विधेयक पास गर्ने विषयमा अहिलेका गठबन्धन दल लगभग एकमत जस्तै देखिन्छन्। खास गरी मधेशवादी दलहरू यो विधेयक पास गराएर नागरिकताविहीन हजारौँ नेपालीलाई नागरिकता दिलाउनुपर्ने पक्षमा छन्। एमालेलगायत केही दल भने विधेयकको विपक्षमा छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट