बालेनविरुद्धको मुद्दा कामु प्रधानन्यायाधीशको इजलासमा-Sutra News

बालेनविरुद्धको मुद्दा कामु प्रधानन्यायाधीशको इजलासमा

मंगलबार, ५ बैशाख २०८०

मंगलबार, ५ बैशाख २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको मुद्दा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर शाहविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।



वातावरणको क्षेत्रमा काम गर्दै आइरहेका अधिवक्ता पदम श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर सङ्कलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्नेलगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

संघ सरकारले महानगरपालिकाका काम कारबाहीमा सहयोग नगरेको भन्दै बालेनले देशका मुख्य प्रशासनीक क्षेत्रको फोहोर नै नउठाउने निर्णय गरेका थिए। उनको यस निर्णयप्रति केहीले दबाब सही भएको र केहीले गलत भएको भन्दै आलोचना गर्दै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट