किर्गिजस्तानमा एनआरएनएको ८६औं शाखा गठन, अध्यक्षमा डा. किशन भण्डारी चयन-Sutra News

किर्गिजस्तानमा एनआरएनएको ८६औं शाखा गठन, अध्यक्षमा डा. किशन भण्डारी चयन

आइतबार, २९ माघ २०७९

आइतबार, २९ माघ २०७९

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ८६ औं राष्ट्रिय समन्वय समिति (एनसीसी) किर्गिजस्तानमा स्थापना भएको छ ।गैरआवासीय नेपाली संघको आयोजनामा किर्गिजस्तानमा रहेका नेपालीहरुको संयुक्त भरर्चुअल भेलाले ११ सदस्सीय नयाँ तर्दश समिति गठन गरेको हो ।



भेलाले डा. किशन भण्डारीको अध्यक्षमा नयाँ समिति गठन गरेको छ । राष्ट्रिय समितिको उपाध्यक्षमा डा. कृष्णप्रसाद बडाल, महासचिव डा. रवि रोशन खड्का, सचिव रन्जिता थापा मगर, कोषाध्यक्ष मिना ज्ञवाली, महिला संयोजक नम्रता शर्मा, र सदस्यहरुमा डा. सुरेन्द्र प्रसाद शाह, डा. अहमदुल्ला मोहम्मद, अविशेक गौचन, राम बहादुर वन र शिला आचार्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट