दोलखा प्रदेश सभा (ख)मा कांग्रेसका बर्मालाई हराउँदै एमालेका केसी विजयी-Sutra News

दोलखा प्रदेश सभा (ख)मा कांग्रेसका बर्मालाई हराउँदै एमालेका केसी विजयी

आइतबार, १८ मंसिर २०७९

आइतबार, १८ मंसिर २०७९

काठमाडौं – दोलखा प्रदेश सभा (ख) मा एमाले उम्मेदवार भरतबहादुर केसी विजयी भएका छन् । उनी १९ हजार ४१४ मत ल्याएर प्रदेश सभा सदस्य पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत प्राप्त गरे ।



कांग्रेस उम्मेदवार लामा २०७४ को निर्वाचनमा पनि प्रदेश सभामा पराजित भएका थिए । यसअघि उनी माओवादी केन्द्रका विशाल खड्कासँग पराजित भएका थिए । यसपटक प्रदेश सभामा निर्वाचित भरत केसी भिमेश्वर नगरपालिकाका पूर्वमेयर हुन् । लामा कांग्रेस दाेलखाका सभापति हुन् । उनले आफूलाई अन्तर्घात गरेर हराइएकाे आराेप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट