समानुपातिकमा घण्टीले माओवादीलाई जित्यो, कुन दलको कति मत ?-Sutra News

समानुपातिकमा घण्टीले माओवादीलाई जित्यो, कुन दलको कति मत ?

सोमबार, १२ मंसिर २०७९

सोमबार, १२ मंसिर २०७९

काठमाडौँ ।समानुपातिकतर्फको मतगणना जारी छ।



हालसम्म ९१ लाख ८६ हजार मतगणना हुँदा एमालेको २५ लाख कटेको छ ।

पछिल्लो परिणामअनुसार एमालेको २५ लाख ६ हजार, कांग्रेसको २३ लाख ७७ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीको १० लाख ५६ हजार  र माओवादी केन्द्रको १० लाख ४६ हजार मत छ ।

हिजोसम्म माओवादी तेस्रो नम्बरमा थियो । तर आज फेरी रास्वपाले माओवादीलाई जितेको छ।

त्यस्तै राप्रपाको ५ लाख ४२ हजार, जसपाको ३ लाख १४ हजार, जनमत पार्टीको २ लाख ५१ हजार र एकीकृत समाजवादीको २ लाख ४७ हजार मत आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट