मन्त्री श्रेष्ठको स्वकीय अधिकृतमा दिलिप पटेल नियुक्त-Sutra News

मन्त्री श्रेष्ठको स्वकीय अधिकृतमा दिलिप पटेल नियुक्त

आइतबार, २८ कार्तिक २०७८

आइतबार, २८ कार्तिक २०७८

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको स्वकीय अधिकृतमा दिलिप कुमार पटेल नियुक्त भएका छन् ।



मन्त्री श्रेष्ठको सचिवालयले पटेललाई स्वकीय अधिकृत तहमा नियुक्त गरिएको जानकारी दिएको छ ।

संघीय मामिला मन्त्रीको स्वकीय अधिकृत नियुक्त भएका पटेल जनता समाजवादी पार्टीको भातृ संगठन समाजवादी युवा संघका केन्द्रीय उप-महासचिव हुन ।

पटेलले नेपाल सरकारले तोके बमोजिमको सेवा सुविधा पाउनेछन् ।

राजेन्द्र प्रसाद श्रेष्ठको नेतृत्वमा जसपा सरकारमा सहभागी भएको थियो । श्रेष्ठ क्याबिनेटमा पाँचौँ वरियतामा छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट