कांग्रेस अधिवेशन : खोटाङका चार पालिकामा सर्वसहमत, पाँचमा निर्वाचन-Sutra News

कांग्रेस अधिवेशन : खोटाङका चार पालिकामा सर्वसहमत, पाँचमा निर्वाचन

आइतबार, १० असोज २०७८

आइतबार, १० असोज २०७८

खोटाङ- खोटाङका चार पालिकामा सर्वसहमतीमा कांग्रेस नगरसभापति चुनिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये शनिबार भएको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत ऐसेलुखर्क गाउँपालिका, बराहपोखरी गाउँपालिका, रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा सहमतिमा सभापतिको चयन गरिएको हो ।



ऐसेलुखर्क गाउँपालिकामा सन्तबीर तामाङ, बराहपोखरी गाउँपालिकामा दीपक राई (खिलाराज), रावाबेँसी गाउँपालिकामा फटिक श्रेष्ट र साकेला गाउँपालिकाका विजय गुरुङ (भलाकाजी) सभापति चुनिएका हुन् ।

यस्तै, चुनावी प्रक्रियाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा प्रकाश श्रेष्ठ, जन्तेढुंगा गाउँपालिकामा बाजिन्द्र विष्ट र खोटेहाङ गाउँपालिकामा प्रेम थापा पालिका सभापतिमा विजयी भएको कांग्रेसले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका र केपिलासगढी गाउँपालिकाको निर्वाचनको मत परिणाम आउन बाँकी छ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको अधिवेशन एक दिनपछि सरेको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको वडाअधिबेसनको विषयलाई लिएर आइतबार बिहान १० बजेदेखि अधिवेशन सुरु गर्ने सहमति भएको कांग्रेसले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट