माधव नेपालको स्पष्टोक्ती- बाध्य भएर एमाले पुनर्गठन गरेका हौँ-Sutra News

माधव नेपालको स्पष्टोक्ती- बाध्य भएर एमाले पुनर्गठन गरेका हौँ

शुक्रबार, ४ भाद्र २०७८

शुक्रबार, ४ भाद्र २०७८

काठमाडौं- नवगठित नेकपा (एकीकृत समाजवादी) का संयोजक माधव नेपालले बाध्य भएर विद्रोह गर्दै आफूहरूले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेको स्पष्ट पारेका छन् ।



शुक्रबार पार्टीको आधिकारिक पेजमार्फत नेपालले एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिस्ट पार्टीलाई कब्जा, बदनाम एवम् समाप्त पार्ने कोसिस भएपछि बाध्य भएर विद्रोह गरी नयाँ पार्टी गठन गरेको बताएका हुन् ।

उनले नेपाली जनताले कम्युनिस्ट पार्टी र आन्दोलनमार्फत चाहेको संस्कृति एवम् समृद्धिका लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा गरेका छन् ।

नेपालले लेखेका छन्, ‘हाललाई हामीले साबिक नेकपा (एमाले) केन्द्रीय कमिटीमा रहनुभएका र विद्रोहको पक्षमा हस्ताक्षर गर्नुभएका कमरेडहरू, २०७५ जेठ ३ गते पार्टी एकता गर्ने वेला हाम्रोतर्फबाट थपिनुभएका कमरेडहरू, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका कमरेडहरू, संघीय संसद्का सांसद कमरेडहरू एवं वैधानिक प्रावधानअनुसार पुर्‍याउनुपर्ने महिला कमरेडहरूलाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेका छौँ । हाम्रो दर्ता प्रक्रिया वैधानिक रूपमा पूरा हुनासाथ राष्ट्रिय भेला–सम्मेलन गरी अहिले समावेश गर्न नसकेका अनुभवी एवं योग्य कमरेडहरूलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछौँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट