हामीले चाहे माधव नेपालको पार्टी दर्ता हुन सक्दैन- ओली-Sutra News

हामीले चाहे माधव नेपालको पार्टी दर्ता हुन सक्दैन- ओली

बिहिबार, ३ भाद्र २०७८

बिहिबार, ३ भाद्र २०७८

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यादेशको विरोध गरेका छन् ।



प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जति चाहियो त्यति संख्या हुने गरी अध्यादेश ल्याए पनि अनर्थ हुने बताएका छन् । बिहीबार भक्तपुरमा कार्यकर्ता भेलालाई विशेष सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले ४० प्रतिशतबाट घटाएर २० प्रतिशतको अध्यादेश आउँदा पनि माधवकुमार नेपालले संख्या पुर्याउन नसकेको दाबी गरे ।  

‘हामीले अलिकति मेहनत गर्ने हो भने त्यो २० प्रतिशत पनि १० प्रतिशतमा झर्छ, तीनको पार्टी दर्ता हुन पनि पाउँदैन ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट