नयाँ दल दर्ता गर्दै माधव नेपाल, दलको नाम के ?-Sutra News

नयाँ दल दर्ता गर्दै माधव नेपाल, दलको नाम के ?

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै हालतमा पनि आफूहरूलाई एमालेमा ठाउँ नदिने निष्कर्षका साथ वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएको छ ।



सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि त्यही कानूनमा टेकेर नयाँ दल दर्ता गरिने नेपाल पक्षीय नेताहरूले जनाएका छन् ।

नेता नेपालको पक्षमा यतिबेला २४ सांसद खुलेर लागिसकेका छन् भने थप सांसदसँग परामर्श भइरहेको छ ।

नयाँ दर्ता हुने दलको नाम भने अहिलेसम्म गोप्य राखिएको छ ।

नेपाल पक्षीय एक सांसदले भने – ‘ओलीले एकताको ढोका बन्द गरिसकेका छन् । यस्तो बेलामा उनको टाङमुनी छिर्न जाने कुरा भएन । राजनीति गर्ने हो भने नयाँ दल त चाहिन्छ नै, सरकारले त्यसका लागि सहजीकरण गरिदिने कुरा छ ।’

दलको नाम र चुनाव चिह्नका बारेमा भने उनले बताउन चाहेनन् ।

नयाँ दल दर्ता गर्ने प्रक्रियाबारे एकता प्रक्रियामा लागेका केही नेताहरूले असन्तुष्टि जनाएका छन् ।

आज सिंहदरबारमा बसेको नेपाल समूहको बैठकमा यही विषयलाई लिएर चर्काचर्की भएको थियो ।

नेता भीम रावललगायतका अन्य केही नेताहरूले पार्टीमै रहेर संघर्ष गर्नुपर्ने बताउन छाडेका छैनन् ।

तर नेता नेपाल भने नयाँ दल दर्ता गरेर सत्तागठबन्धनमा सामेल हुने मनस्थितिमा पुगिसकेका छन् ।

आज सिंहदरबारमा बसेको बैठकमा नेता नेपालले नयाँ दल दर्ताको प्रक्रिया अघि बढिसकेकाले त्यसका लागि तयार रहन आफूनिकट नेता तथा सांसदहरूलाई निर्देशन दिएका थिए ।

नयाँ दल दर्ताका लागि दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनालले पनि स्वीकृति दिइसकेका छन् भने उपाध्यक्ष वामदेव गौतम पनि सकारात्मक देखिएका छन् ।

नयाँ दल दर्ता गरेर नेकपा माओवादी केन्द्रसँग मिल्ने र तत्कालीन नेकपाकालीन संगठन ब्युँताउने नेता नेपाल र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को योजना रहेको बताइन्छ ।

पढ्नुहोस् यो पनि – माधव नेपाल र भीम रावलबीच चर्काचर्की, बैठक छाडेर हिँडे रावल माधव नेपाल र भीम रावलबीच चर्काचर्की, बैठक छाडेर हिँडे रावल

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट