बहुदलीय लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन संविधानको सफल कार्यान्वयन: माधव नेपाल-Sutra News

बहुदलीय लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन संविधानको सफल कार्यान्वयन: माधव नेपाल

शनिबार, २३ साउन २०७८

शनिबार, २३ साउन २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले बहुदलीय लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।



शनिबार ललितपुर महनगरपालिका २ नंवर वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै नेता नेपालले राज्यको विभिन्न निकायकोबीचमा अधिकार र कर्तव्यको सन्तुलन कायम गरेर संघीय व्यवस्थालाई बलियो बनाउनुपर्ने र संविधानको सफल कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।

गणतन्त्र र संघीयतालाई संस्थागत गर्न र कानूनी शासनको प्रत्याभूति गर्नका लाग संविधान निर्माण भएको भन्दै संविधानको रक्षा गर्नु सवैको कर्तव्य भएको उनले बताए । देशमा जनता सुखी र मलुक समृद्धि होस् भन्ने सबैको चाहना रहेको उनको भनाइ छ ।

नेता नेपालले संघीय, प्रादेशीक र स्थानीय तहको संरचनाले सिंहदरबारमा केन्द्रीत सेवा सुविधा नागरिकको घर घरमा पुराएकाले सबै जनताले यसको महसुस गर्ने गरि सबै तहले काम गर्नुपर्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट