माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै-Sutra News

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

काठमाडौं- नेकपा एमाले माधव नेपाल पक्षको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहीबारदेखि सुरु भएको हाे । बैठक ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमै बस्ने छ ।



नेपाल समूहले पार्टीभित्रको एकता, अध्यक्ष ओलीले पछिल्लो समयमा गरेका निर्णय र सरकारमा सहभागिताका विषयमा छलफल गर्न बैठक बोलाएको जनाएको छ ।

बिहीबारको बैठकमा २३ केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । केन्द्रीय कमिटीका अधिकांश सदस्यले पार्टीको आन्तरिक समस्या समाधान कार्यदलले दिएको सुझाव र पहलबमोजिम एकताबद्ध पार्टी निर्माणको दिशामा अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।

नेपालले पार्टी एकता प्रभावित पार्ने उत्तेजक भाषणा नदिन नेताहरूलाई आग्रह गरेका छन् । ‘एमाले एकताबद्ध रहोस् हामी अझै चाहिरहेका छौं,’ नेता नेपालको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने,‘ओली पक्षको जस्तो उत्तेजक अभिव्यक्ति हाम्रोतर्फबाट नआओस् ।’

बैठकको सुरुमै विकसित राजनीतिक घटनाक्रम र पार्टी विवादबारे केन्द्रीय सदस्यहरूलाई जानकारी गराउँदै नेता नेपालले पार्टी एकता जोगाउन निरन्तर पहल जारी रहने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट