बाँकेमा रंगरोगन गर्ने क्रममा कम्प्रेसर मेसिन विस्फोट हुँदा एकको मृत्यु-Sutra News

बाँकेमा रंगरोगन गर्ने क्रममा कम्प्रेसर मेसिन विस्फोट हुँदा एकको मृत्यु

शनिबार, २२ जेष्ठ २०७८

शनिबार, २२ जेष्ठ २०७८

नेपालगञ्जमा कम्प्रेसर मेसिन विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।



मृत्यु हुनेमा मिलमा कार्यरत बाराको कलैया उपमहानगर–१९ का २५ वर्षीय साविराज मियाँ रहेकी छन् । दुर्घटनामा परेर सोही मिलमा कार्यरत मजदुर ईसराद्दिन मियाँ र नसरुद्दिन मियाँ घाइते भएका छन् ।

नेपालगञ्ज–२१ बिर्तामा रहेको किसान फिड मिल प्रालिमा रंगरोगन गर्ने क्रममा कम्प्रेसर मेसिन बिस्फोट हुँदा घटना घटेको बताइएको छ ।

घाइतेको नेपालगञ्ज नर्सिङ्गहोममा उपचार भई रहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट