गोरु मारेर पित्त झिकेको आरोपमा तीन पक्राउ-Sutra News

गोरु मारेर पित्त झिकेको आरोपमा तीन पक्राउ

बुधबार, १९ जेष्ठ २०७८

बुधबार, १९ जेष्ठ २०७८

काठमाडौँ । गुल्मीमा  गोरु मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।



मालिका गाउँपालिका वडा नम्वर–२ बस्ने एक किसानको गोठमा गएर घनले हानेर मारेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा लोकेन्द्र बोहरा र अन्य दुई मानिसहरु रहेका छन् । उनीहरुको नाम गोप्य राखिएको छ ।

गोरु मारेर पित्त झिकेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट