सर्पको टोकाइबाट २५ वर्षीय युवकको मृत्यु-Sutra News

सर्पको टोकाइबाट २५ वर्षीय युवकको मृत्यु

सोमबार, १७ जेष्ठ २०७८

सोमबार, १७ जेष्ठ २०७८

दाङ ।  दाङमा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ ।



मृत्यु हुनेमा  जिल्लाको  तुलसीपुर उपमहानगरपालिका ८, अश्वार निवासी २५ वर्षीय टिकाराम डाँगी रहेका छन् ।

उनलाई कोठामा सुतिरहेको अवस्थामा सर्पले डसेको थियो । सर्पको टोकाइबाट घाइते भएका डाँगीको उपचारको क्रममा  राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट