मलामी गएका किशोरको नदीमा डुबेर मृत्यु-Sutra News

मलामी गएका किशोरको नदीमा डुबेर मृत्यु

बुधबार, १२ जेष्ठ २०७८

बुधबार, १२ जेष्ठ २०७८

मलामी गएका बैतडीका एक किशोरको मङ्गलबार महाकाली नदीमा डुबेर मुत्यु भएको छ । शिवनाथ गाउँपालिका–१ कुँडका १७ वर्षीय महेश साउदको नदीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।



स्थानीयवासी ६० वर्षीय घनबहादुर साउदको मलामी गएका महेश मङ्गलबार बिहान साढे ११ बजेतिर नुहाउने क्रममा महाकाली नदीको डिम्बर घाटबाट बेपत्ता भएका थिए । बेपत्ता किशोरको करिब पाँच घण्टापछि अपराह्न साढे ४ बजेतिर डुबेको केही तल नदीमै मृतावस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरीले शव निकालेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट