‘लकडाउन’ गर्ने तयारीमा सरकार-Sutra News

‘लकडाउन’ गर्ने तयारीमा सरकार

सोमबार, १३ बैशाख २०७८

सोमबार, १३ बैशाख २०७८

काठमाडौं– सरकारले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्लामा लकडाउन गर्ने तयारी भएको छ ।



कोरोना संक्रमितको संख्या बढेपछि आइबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले बैशाख १६ गतेदेखि लकडाउन गर्ने तयारी गरेको हो ।

सिसिएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गरेअनुसार उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ती वटै जिल्लामा लकडाउन गर्न लागिएको हो ।

सिसिएमसीले सरोकारवाला मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूलाई यससम्बन्धी आन्तरिक तयारी गर्नसमेत भनिसकेको छ । सिसिएमसीको प्रस्ताव अनुसार निर्णय गर्न आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसिरहेको छ ।

आगामी बुधबारदेखि यातायातका साधन बन्द गरिने र आन्तरिक उडानसमेत बन्द हुने सिसिएमसीको निर्णय रहेको बताइएको छ ।

सिसिएमसीको आइतबार बसेको बैठकले शहरी क्षेत्रमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको क्षेत्रमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट