नेकपा सचिवालय बैठक शुरु, प्रधानमन्त्री ओलीले लिखित जवाफ प्रस्तुत गर्दै-Sutra News

नेकपा सचिवालय बैठक शुरु, प्रधानमन्त्री ओलीले लिखित जवाफ प्रस्तुत गर्दै

शनिबार, १३ मंसिर २०७७

शनिबार, १३ मंसिर २०७७

NCP - Secretariat .jpg



काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ । आजको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिखित राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने निर्धारित कार्यसूचि छ ।

यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्तिक २८ गते १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावको अध्यक्ष ओलीले शनिबारको सचिवालय बैठकमा जवाफी राजनीतिक प्रस्ताव पेश गर्दै छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक शुरु भएको जानकारी दिए । थापाले प्रधानमन्त्री ओलीले लिखित जवाफ प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको पनि जानकारी दिएका छन् ।

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्तावलाई आरोपपत्र र अराजनीतिक प्रस्ताव भन्दै ओली पक्षले फिर्ता लिनुपर्ने माग गरेको थियो । तर, बहुमत सदस्यलाई साथ लिएर दाहालले सचिवालय बैठक बोलाउने तयारी गरेपछि प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी भइ आफूले पनि लिखित प्रस्ताव ल्याउने भन्दै दश दिनको समय माग गरेका थिए ।

ओलीलाई दश दिनको समय दिएर आज शनिबार बैठक बोलाइएको हो । प्रचण्डको प्रस्तावमा ओलीले दिने लिखित जवाफले नेकपाको विवाद कता जान्छ र कुन स्थितिसम्म पुग्छ भन्ने तय हुने नेताहरूले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट