पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय १४ जनामा कोरोना पुष्टि-Sutra News

पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय १४ जनामा कोरोना पुष्टि

बिहिबार, ११ मंसिर २०७७

बिहिबार, ११ मंसिर २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर १ हजार ४ सय ३७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ । हाल देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय ८० जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट