गोरखाका ११ स्थानीय तहलाई ग्लोबल गोरखा समाजले दियो स्वास्थ्य सामाग्री-Sutra News

गोरखाका ११ स्थानीय तहलाई ग्लोबल गोरखा समाजले दियो स्वास्थ्य सामाग्री

बिहिबार, ११ मंसिर २०७७

बिहिबार, ११ मंसिर २०७७

गोरखा- गोरखाको ११ स्थानीय तहलाई ग्लोबल गोरखा समाजले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । जिल्लाको गोरखा र पालुङटार नगरपालिका तथा चुमनुब्री, धार्चे, आरुघाट, भीमसेन थापा, शहिद लखन, गण्डकी, सिरानचोक, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।



समाजले ११ लाख ७६ हजार ८०० बराबरको स्वास्थ्य सामाग्री जिल्लामा बितरण गरेको छ । जिल्लाको ११ स्थानिय तहलाई १ लाख बराबरको १३ हजार थान मास्क र ३० थान थर्मलगन दिएको छ ।

त्यस्तै गरी समाजले जनस्वास्थ्य कार्यालय गोरखा, जिल्ला प्रशासन कार्यालय गोरखा र पत्रकार महासंघ गोरखा शाखा लाई समेत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

जनस्वास्थ्य कार्यालयलाई १० हजार थान मास्क र १० थान थर्मलगन, जिल्ला प्रशासन कार्यालय गोरखा ७ हजार थान माक्स १० थान थर्मलगन र पत्रकार महासंघ गोरखा शाखा लाई २ हजार पिस मास्क र १ थान थर्मलगन उपलब्ध गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट