थप २८ संक्रमितको मृत्यु, मृतकको संख्या १३९८ पुग्यो-Sutra News

थप २८ संक्रमितको मृत्यु, मृतकको संख्या १३९८ पुग्यो

बुधबार, १० मंसिर २०७७

बुधबार, १० मंसिर २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।



योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३८९ पुगेको छ । २४ घण्टामा थप १९४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २६ हजार ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ । मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ रहेको थियो ।

पछिल्लो २४ घण्टामा थप ३१४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७ हजार९९८पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम आइसोलेसनमै रहेर संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि मंगलबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ८५८ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट