पछिल्लो २४ घण्टामा थपिए १७ सय ९० कोरोना संक्रमित-Sutra News

पछिल्लो २४ घण्टामा थपिए १७ सय ९० कोरोना संक्रमित

मंगलबार, ९ मंसिर २०७७

मंगलबार, ९ मंसिर २०७७

काठमाडाैं- पछिल्लो २४ घण्टामा देशभर १७ सय ९० कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा २७ सय ९१ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



देशभर हालसम्म संक्रमित हुनेको संख्या दुई लाख २४ हजार ७८ पुगेको छ । त्यसमध्ये दुई लाख चार हजार ८५८ जना निको भइसकेका छन् । 

हाल सक्रिय संक्रमित १७ हजार आठ सय ५९ जना मात्र छन् । केही दिनयता संक्रमित थपिने भन्दा निको हुने बढेकाले सक्रिय संक्रमित निकै घटेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट