पछिल्लो २४ घण्टा थप १६ कोरोना संक्रमितको मृत्यु-Sutra News

पछिल्लो २४ घण्टा थप १६ कोरोना संक्रमितको मृत्यु

सोमबार, ८ मंसिर २०७७

सोमबार, ८ मंसिर २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३३७ पुगेको छ ।



 थप १ हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ ।

मन्त्रालयका अनुसार सोमबार देशभर ३ हजार ४३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट