पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६९ मा कोरोना संक्रमण पुष्टि-Sutra News

पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६९ मा कोरोना संक्रमण पुष्टि

आइतबार, ७ मंसिर २०७७

आइतबार, ७ मंसिर २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कूल संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर ५ हजार ६ सय ९९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ७३३, भक्तपुरमा ५३ र ललितपुरमा १३१ जना कोरोना संक्रमित थपिएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट