काठमाडौं महानगरले भोलिदेखि निःशुल्क पीसीआर परीक्षण गर्ने-Sutra News

काठमाडौं महानगरले भोलिदेखि निःशुल्क पीसीआर परीक्षण गर्ने

शनिबार, ६ मंसिर २०७७

शनिबार, ६ मंसिर २०७७

काठमाडौं- काठमाडौं महानगरपालिकाले भोलिदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य सुरु गर्ने भएको छ ।



सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरि सूचारु गर्न लागिएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताएका छन् । 

शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा उपस्थित भएका मेयर शाक्यले पत्रकारहरुसँग कुरा गर्दै भोलि देखि पुनः स्वाब संकलनको कार्य सूचारु गर्न लागिएको बताएका हुन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट