दुई हजार एक सय ३ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

दुई हजार एक सय ३ जनामा कोरोना संक्रमण पुष्टि

बिहिबार, ४ मंसिर २०७७

बिहिबार, ४ मंसिर २०७७

काठमाडौं- नेपालमा बिहीबार दुई हजार एक सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप दुई हजार एक सय ३ जना संक्रमित थपिएका हुन् ।



योसँगै अहिलेसम्म संक्रमित हुनेको संख्या २ लाख १५ हजार २० पुगेको छ । त्यसैगरी अहिलेसम्म कुल २८ हजार एक सय ६ जना सक्रिय संक्रमित छन् ।  कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या एक हजार २ सय ७६ पुगेको छ । बिहीबार मात्रै यसको संक्रमणबाट निको भई दुई हजार ८ सय ५८ जना घर फर्किएका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट