थपिए १४४२ संक्रमित-Sutra News

थपिए १४४२ संक्रमित

बुधबार, ३ मंसिर २०७७

बुधबार, ३ मंसिर २०७७

काठमाडौं- कोरोना संक्रमित हुनेभन्दा निको भएर डिस्चार्ज हुनेको संख्या बुधबार दोब्बरभन्दा बढी छ ।  देशभर १४४२ जना संक्रमित थपिँदा ३५३८ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



संक्रमित थपिनेभन्दा निको हुने बढ्दै जाँदा देशभर सक्रिय संक्रमित निकै कम हुँदै गएका छन् । आज देशभर २८ हजार आठ सय ७८ जना मात्र सक्रिय संक्रमित छन् । केहीअघि सक्रिय संक्रमितको संख्या करिब ५० हजार आसपास पुगेको थियो । 

आजसम्म देशभर दुई लाख १२ हजार ९१७ जना संक्रमित भइसकेका छन् । त्यसमध्ये एक लाख ८२ हजार ७८० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट