पछिल्लो २४ घण्टामा १ हजार ९ सय १३ जना कोरोना संक्रमित थपिए-Sutra News

पछिल्लो २४ घण्टामा १ हजार ९ सय १३ जना कोरोना संक्रमित थपिए

बिहिबार, २७ कार्तिक २०७७

बिहिबार, २७ कार्तिक २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट