पछिल्लो २४ घण्टामा दुई हजार ८५६ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

पछिल्लो २४ घण्टामा दुई हजार ८५६ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार, ९ कार्तिक २०७७

आइतबार, ९ कार्तिक २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा दुई हजार ८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाह्र हजार ३११ नमूना परीक्षण गर्दा एक हजार ७८९ पुरुष र एक हजार ६७ महिलामा संक्रमण पुष्टि भएको हो ।
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ९०६ पुरुष र ६२९ महिला गरी एक हजार ५३५ संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ५८ हजार ८० पुगेको छ । 



प्रदेश नं १ मा ५३९, प्रदेश नं २ मा ५९, वाग्मतीमा एक हजार ८४९, गण्डकीमा १७८, लुम्बिनीमा १४६, कर्णालीमा नौ र सुदूपश्चिम प्रदेशमा ७६ जनामा संक्रमण पुष्टि भएको छ ।
 
पैँतालीस हजार ५७२ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २७७ को सघन उपचार कक्ष र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

बितेको २४ घण्टामा तीन हजार ३३६ कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या एक लाख ११ हजार ६७० पुगेको छ जुन कुल संक्रमितको ७०.६ प्रतिशत हो ।
 
झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी–बर्दघाट सुस्तापूर्व,  दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् भने मुस्ताङमा छैनन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन् । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८४७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट