मास्क प्रयोगबाट कोरोना संक्रमण वृद्धिदर दरमा कम हुने-Sutra News

मास्क प्रयोगबाट कोरोना संक्रमण वृद्धिदर दरमा कम हुने

आइतबार, ९ कार्तिक २०७७

आइतबार, ९ कार्तिक २०७७

काठमाडौं । मास्कको प्रयोग गर्नाले सयौंँ मानिसको ज्यान जोगिने एनआरएन स्वास्थ्य समितिले जनाएको छ ।



मास्क प्रयोगका कारण संक्रमण वृद्धिदर दरमा निकै कम हुने भएकाले सबैलाई अनिवार्य मास्क प्रयोग गर्न समितिले आग्रह गरेको छ ।

डा.सापकोटाका अनुसार अमेरिका र युरोपका देशमा गरिएको एक अध्ययनले संक्रमण रोक्ने मुख्य साधन मास्क भएको निष्कर्ष निकालेको छ ।

स्वास्थ्य समितिले सार्वजनिकस्थलमा निस्कँदा मानिसलाई सकेसम्म मास्क प्रयोग गर्न, हात धुन, मुख नछुन र नाक नकोट्याउन अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट