बागमतीका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण-Sutra News

बागमतीका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

बिहिबार, ६ कार्तिक २०७७

बिहिबार, ६ कार्तिक २०७७

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पौडेललेका प्रेस संयोजक प्रकाश दाहालले दिएको जानकारी अनुसार केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि उनी सुरक्षाविधि अपनाएर होम आइसोलेशनमा बसेका थिए ।



कोरोना परीक्षणका लागि उनले बुधबार स्वाब दिएका थिए।उनलाई बिहीबार कोरोना पुष्टि भएको हो । पौडेलसँगै मुख्यमन्त्रीकी पत्नी विजया पौडेल, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण भएको छ ।

उनीहरू सबैको अवस्था सामान्य रहेको प्रेस संयोजक दाहालले बताए। ‘मुख्यमन्त्रीज्यूलाई सामान्य रूघाखोकी छ। उहाँ अहिले निवासमै हुनुहुन्छ,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट