उज्वल सागरको नयाँ गीत ‘सुन्दर उडान’ सार्वजनिक [भिडियो]-Sutra News

उज्वल सागरको नयाँ गीत ‘सुन्दर उडान’ सार्वजनिक [भिडियो]

बिहिबार, १५ असोज २०७७

बिहिबार, १५ असोज २०७७

काठमाडौं- गायक तथा संगीतकार उज्वल सागरको स्वरमा रहेको गीत ‘सुन्दर उडान’ सार्वजनिक भएको छ। उनको आफ्नै अफिसियल यूट्युब च्यानल ‘उज्वल सागर’बाट गीत सार्वजनिक गरिएको हो।



नेपाली किशोरहरुका समस्या, भावना र मनोविज्ञानमा आधारित गीतमा साहित्यकार विजय सापकोटाको शब्द रहेको छ। कथा, कविता, निबन्ध र बालसाहित्य लेखनमा सक्रिय सापकोटाको पछिल्लो किशोरलक्षित उपन्यास ‘उडान’मा यो गीत समावेश भएको थियो।

गीतले किशोरहरुको मनको आवाज अभिव्यक्त गरेको छ। जिन्दगीको आफ्नै उडान खोजी गरिरहेका किशोरहरुको पक्षमा लेखिएको गीतमा भनिएको छ, ‘म चाहन्छु, मेरो पनि आफ्नै सुन्दर उडान’।

आफ्नै सिर्जनात्मक शैलीमा सङ्घर्ष गर्ने र संसारलाई आफ्नै इन्द्रियले अनुभव गर्ने उत्साह भएका किशोरहरुको आग्रह छ, ‘उत्साही यी पखेँटामा भरोसाले बल देऊ’।
सङ्गीतकर्ममा सक्रिय उज्वल पछिल्लो समय सङ्गीत सिर्जना र गायन दुवै कारण दर्शक श्रोतामाझ परिचित छन्।

‘सुन्दर उडान’मा संगीत संयोजन विश्व अधिकारीको रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट