उपत्यकामा अहिलेसम्मकै बढी कोरोना संक्रमित, २४ घण्टामा ४ सय १५ जना थपिए-Sutra News

उपत्यकामा अहिलेसम्मकै बढी कोरोना संक्रमित, २४ घण्टामा ४ सय १५ जना थपिए

शुक्रबार, १२ भाद्र २०७७

शुक्रबार, १२ भाद्र २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय १५ जना कोरोना संक्रमित थपिएका छन्।



यो उपत्यकामा एकै दिन संक्रमित भए मध्येको आजसम्मकै उच्च संख्या हो। बिहीबार उपत्यकामा ३ सय ७७ जना संक्रमित थपिएका थिए ।

पछिल्लो चौबिस घण्टामा गरिएको परीक्षणबाट शुक्रबार काठमाडौंमा ३ सय ५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै उपत्यकामा कोरोना संक्रमित हुनेहरुको संख्या ४ हजार ८ सय २२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट