२४ घण्टाभित्रै पीसीआर परीक्षणको रिपोर्ट उपलब्ध गराउन संसदीय समितिको निर्देशन-Sutra News

२४ घण्टाभित्रै पीसीआर परीक्षणको रिपोर्ट उपलब्ध गराउन संसदीय समितिको निर्देशन

मंगलबार, ९ भाद्र २०७७

मंगलबार, ९ भाद्र २०७७

काठमाडौं- पीसीआर जाँचको रिपोर्ट २४ घण्टाभित्रै उपलब्ध गराउन प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ।



मंगलबार भर्चुअल मिटिङमा बसेको समितिको बैठकमा सांसदहरूले स्वाव दिएको लामो समयसम्म रिजल्ट उपलब्ध नगराउँदा समस्या भएको बताएका थिए।

पीसीआर परीक्षण गरेको रिपोर्ट आउनसमेत धेरै समय कुर्नुपरेको भन्दै सर्वसाधरणले गुनासो गर्न थालेका छन्। इमेल, फोन अथवा भाइबरबाट भए पनि सम्बन्धितलाई २४ घण्टाभित्रै रिपोर्ट उपलब्ध गराउन निर्देशन दिएको छ।

समिति सभापति जयपुरी घर्तीको अध्यक्षतामा बसेको बैठकले पीसीआर परीक्षण बढाउनसमेत सरकारलाई निर्देशन दिएको छ।

त्यस्तै एक घरबाट एक जनाको परीक्षण गर्न, होम आइसोलेसन धनी र घर हुनेलाई मात्र सम्भव भएकाले आइसोलेसन सेन्टर बढाउन र जनशक्ति अभाव भए एमबीबीएस पास गरेका विद्यार्थीलाई तत्कालै खटाउन सुझावसमेत सरकारलाई दिएको छ।

खोप प्राप्ति गर्ने विषयमा समेत सरकारलाई तयारी गर्न समितिले सुझाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट