नेकपा सचिवालय बैठक भदौ १३ गते बस्ने-Sutra News

नेकपा सचिवालय बैठक भदौ १३ गते बस्ने

मंगलबार, ९ भाद्र २०७७

मंगलबार, ९ भाद्र २०७७
काठमाडौं–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भदौ १३ गते बिहान ११ बजे बस्ने भएको छ। मंगलबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तामा उक्त सहमति जुटेको हो। ओलीलाई भेट्न प्रचण्ड बिहान बालुवाटार गएका थिए।
 
दुई अध्यक्षबीच विवाद समाधान कार्यदलले बुझाएको प्रतिवेदनमा पनि सामान्य छलफल भएको बुझिएको छ। उक्त प्रतिवेदनमाथि सचिवलायमा छलफल भएरपछि स्थायी कमिटीमा त्यसलाई लगेर अनुमोदन गरिने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट