पुजारी हत्याकाण्डबारे प्रभु साहको पाँच बुँदे माग-Sutra News

पुजारी हत्याकाण्डबारे प्रभु साहको पाँच बुँदे माग

मंगलबार, ९ भाद्र २०७७

मंगलबार, ९ भाद्र २०७७

गौर–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता प्रभु साहले रौतहटको माधवनारायण नगरपालिकाको खेसरहियामा हनुमान मन्दिरको पुजारी श्रीराम साहको हत्याकाण्डबारे पाँच बुँदे माग गरेका छन्।



भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर पुजारी साहको हत्या भएको थियो। यस अघि नै घटनाप्रति गृह प्रशासनको ध्यानाकर्षण गराएका नेता साहले सोमबार थप पाँच बुँदे स्पष्ट माग राखेका हुन्।

नेता साहले पुजारी श्रीराम साहको हत्यारालाई तुरुन्त पक्राउ गर्नुपर्ने, मृतक साधु श्रीरामलाई शहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने, श्रीराम साहको सालिकसहित भव्य हनुमान मन्दिरको निर्माण सुरु गर्नुपर्ने र शान्ति सुरक्षाको लागि उक्त बजारमा प्रहरी चौकी स्थापना गर्नुपर्ने माग राखेका छन् ।

प्रहरीद्वारा थालिएको घटनाको प्रारम्भिक अनुसन्धानमा तालिमप्राप्त कुकुरको मद्दतले सुरु गरिएको अनुसन्धानबाट हिन्दु–मुस्लिम बीच साम्प्रदायिक द्वन्द्व सृजना गर्ने उद्देश्यले राजनीतिक समुहबाट यस्तो भएको हुनसक्ने आशंका गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट