नेकपाको क्रान्तिकारी ऊर्जा सकियो : बाबुराम-Sutra News

नेकपाको क्रान्तिकारी ऊर्जा सकियो : बाबुराम

सोमबार, ८ भाद्र २०७७

सोमबार, ८ भाद्र २०७७

काठमाडौं–जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को क्रान्तिकारी ऊर्जा सकिएको बताएका छन्। नेकपाको आन्तरिक विवादको विषयमा प्रतिक्रिया दिदै सोमबार डा.भट्टराईले ट्वीटरमा सो कुरा लेखेका हुन्।



कुनै वस्तुको विकास र विनासको प्रमुख कारण आफैंभित्र हुन्छ भन्ने माक्सीय चिन्तनपद्धति अनुसार ‘नेकपा’ मा क्रान्तिकारी गुदी/ऊर्जा सिद्धिएर निर्जीव भुसको थैलो मात्र भएको डा.भट्टराईले बताएका छन्।

‘कुनै वस्तुको विकास र विनासको प्रमुख कारण आफैभित्र हुन्छ भन्ने मार्क्सीय चिन्तनपद्धतिलाई मान्ने हो भने ‘नेकपा’ क्रान्तिकारी गुदी/ऊर्जा सिद्धिसकेको निर्जीव भुसको थैलो मात्र हो । यसबाट केही उम्रन्छ भनेर आशा गर्नु आफ्नै मूर्खता हो’, उनले ट्वीटमा लेखेका छन्, ‘यसको विसर्जन ओलीकै नेतृत्वमा हुनु स्वाभाविक हो । किन गनगन ?’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट