नेकपा कार्यदलको प्रतिवेदनमा के छ ? सुरेन्द्र पाण्डेको जवाफ-Sutra News

नेकपा कार्यदलको प्रतिवेदनमा के छ ? सुरेन्द्र पाण्डेको जवाफ

शनिबार, ६ भाद्र २०७७

शनिबार, ६ भाद्र २०७७

काठमाडौं- बालुवाटारमा झण्डै ८ घण्टाको अन्तिम बैठक गरेर पार्टीभित्र देखिएको विवाद समाधानका लागि सुझाव दिन गठन गरिएको नेकपा कार्यदलले शनिबार साँझ दुवै अध्यक्षलाई प्रतिवेदन बुझाएको छ।



३० साउनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विद्यमान आन्तरिक विवादको समाधानका उपाय सिफारिसका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो।

कार्यदलले प्रतिवेदन बुझाएसँगै के साँच्चिकै नेकपाभित्रको विवाद समाधान होला त भन्ने कौतुहलाता पलाएको छ।

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे विवाद समाधान कार्यदलका ६ सदस्यमध्ये एक हुन्। ‘यो प्रतिवदेनपछि पार्टीको समस्या हल होला?’ भन्ने सूत्रन्युजको प्रश्नमा पाण्डेको जवाफ छ, ‘ हामीले आशा गरेरै पेस गरेका हौं।’

सरकारको कामको सन्दर्भमा कुरा गरेका छौं। संसदीय दलको भूमिका प्रभावकारी बनाउनेबारे छ। प्रदेश र स्थानीय सरकारको भूमिकाबारे छ।

प्रतिवदेनमा के छ भन्ने प्रश्नमा पाण्डेले पूरै विषय खोल्न त चाहेनन तर त्यसको सारांशचाहिँ बताए।

पाण्डेका अनुसार प्रतिवेदनमा यी विषयवस्तु समेटिएको छ:
– हामीले तत्काल पार्टी एकताको आवश्यकतालाई आत्मसाथ गर्ने महत्वसहित व्याख्या गरेका छौं। विधि र संस्थागत प्रणालीलाई कसरी सबल बनाउने भन्ने कुरा गरेका छौं।

– कार्यविभाजन र कार्याधिकार स्पष्ट पार्ने सन्दर्भमा केही कुरा गरेका छौं। पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने सम्बन्धमा केही प्रस्ताव गरेका छौं। राजनीतिक र संगठनात्मक पक्षमा गर्नुपर्ने केही कामहरु पनि हामीले प्रस्ताव गरेका छौं।

– सरकारको कामको सन्दर्भमा कुरा गरेका छौं। संसदीय दलको भूमिका प्रभावकारी बनाउनेबारे छ। प्रदेश र स्थानीय सरकारको भूमिकाबारे छ।

– कोभिड–१९ महामारी र त्यसको रोकथाम, नियन्त्रण र उपचाका सन्दर्भमा छ।

– नेपालको सीमा समस्या समाधनबारे छ। त्यसैगरी एमसीसी र शान्ति प्रक्रियाका बाँकी कामबारे छ।
र, पार्टीमा प्रतिष्ठानहरुको सञ्चालनबारे छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट