ग्राहकलाई नयाँ प्रविधिमा सेवा दिनेमा क्लासिक टेक अगाडि-Sutra News

ग्राहकलाई नयाँ प्रविधिमा सेवा दिनेमा क्लासिक टेक अगाडि

शनिबार, ६ भाद्र २०७७

शनिबार, ६ भाद्र २०७७

काठमाडौं- क्लासिक टेक इन्टरनेट प्रोटोकल (आइपी)को भर्सन सिक्स आत्मसाथ गर्नेमा अग्रस्थानमा देखिएको छ । ग्राहक संख्यामा वर्ल्डलिङ्कभन्दा केही पछि भए पनि ग्राहकलाई नयाँ प्रविधिमा सेवा दिनेमा क्लासिक टेक अघि देखिएको हो ।



आइपीभी सिक्स इन्टरनेट प्रोटोकलको नयाँ भर्सन हो । एकअर्कासँग सम्पर्क स्थापित गर्न इन्टरनेटमा जोडिएका हरेक उपकरणलाई आइपी एड्रेस आवश्यक हुन्छ ।

आइपी एड्रेसका दुई संस्करण अहिले प्रचलनमा आएका छन् ।

त्यसमा एउटा भर्सन फोर (भी फोर) हो भने अर्को भर्सन सिक्स हो । भी फोर ३२ बिटको हुन्छ । जसमा चार अर्ब ३० करोड वटा पब्लिक एड्रेसहरु रहेका छन् । जसको कोटा यस अघि नै समाप्त भइसकेको छ ।

त्यसपछिको नयाँ प्रविधिका रुपमा आइपीभी सिक्स आएको हो । जुन १२८ बिटको रहेको छ । असिमित पब्लिक एड्रेस रहने भएकाले यो जति मात्रा प्रयोग गरे पनि हुन्छ । तर, अझै पनि नेपाल लगायतका कतिपय देशमा आईपीभी फोर नै प्रयोग हुँदै आएको छ ।

आइपीभी फोर समाप्त भएता पनि अधिकांश इन्टरनेट सेवाप्रदायकहरू अहिले प्राइभेट एड्रेसिङलाई आधार मानेर नेटवर्क एड्रेस ट्रान्सलेसन (एनएएटी) प्रविधिमै काम चलाइरहेका छन् ।

अबका दिनमा आइपीभी सिक्स प्रविधि आत्मासाथ गर्नुको अर्को विकल्प अध्ययन प्रतिवेदनमा उल्लेख छ । त्यसैअनुसार नेपालका इन्टरनेट सेवा प्रदायक विस्तारै आईपीभी सिक्समा जान थालेका हुन् ।

जसमा प्रयोगकर्तालाई आइपीभीसिक्सको सुविधा दिनेमा मामिलामा क्लासिक टेक सबैभन्दा अघि रहेको छ । एप्निक डट नेटको तथ्याङ्क अनुसार हाल नेपालमा आईपीभी सिक्स प्रविधि आत्मसाथ गर्ने सात वटा सेवा प्रदायक मात्रै छन् । जसमा क्लासिक टेक, वर्ल्डलिंक, स्मार्ट टेलिकम, टेकमाइन्डस्, एनसेल, नेपाल टेलिकम र भायनेट रहेका छन् ।

प्रयोगकर्ताको आधारमा पहिलो नम्बरमा रहेको वल्डलिंक आईपीभी सिक्स प्रविधि अवलम्बन गर्नेमा भने पछाडि परेको देखिन्छ । उक्त अध्ययन अनुसार हाल वर्ल्डलिङ्कका १८ लाख १६ हजार २२१ प्रयोगकर्ता रहेका छन् । त्यसमध्ये २४.४१ प्रतिशतमात्रै आईपीभी सिक्स प्रविधिमा आधारित छन् ।

यसको अर्थ हालसम्म वर्ल्डलिङ्कका चार लाख ४३ हजार ३९८ प्रयोगकर्ता आइपीभी सिक्स प्रविधि प्रयोग गरिरहेको देखिन्छ । संख्याको हिसाबमा धेरै देखिएता पनि प्रतिशतको हिसाबमा भने वर्ल्डलिङ्क पछि परेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट