थप ७०७ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा मात्र दुई सय-Sutra News

थप ७०७ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा मात्र दुई सय

बिहिबार, ४ भाद्र २०७७

बिहिबार, ४ भाद्र २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा संक्रमितहरु देखिएका हुन्।



योसँगै कूल संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा २६४ जना कोरोनामुक्त भएका छन्। हालसम्म १७ हजार ९६४ जना कोरोनामुक्त भएका छन्। नेपालमा हालसम्म १२६ जना संक्रमितको मृत्यु भएको छ।

काठमाडौं उपत्यकामा भने २०० संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट