सुशान्त सिंहको मृत्युको छानबिन अब सीबीआईले गर्ने-Sutra News

सुशान्त सिंहको मृत्युको छानबिन अब सीबीआईले गर्ने

बुधबार, ३ भाद्र २०७७

बुधबार, ३ भाद्र २०७७

मुम्बई- गत जुन १४ मा आफ्नै अपार्टमेन्टमा मृत भेटिएका भारतीय अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको घट्नालाई अब सिबिआईले छानबिन गर्ने भएको छ।



भारतको सर्वच्च अदालतको आदेशअनुसार अब सुशान्तको मृत्युको घट्नालाई सीबीआईले अनुसन्धान गर्ने भएको हो। बुधबार भारतीय सर्वोच्च अदालतले मुम्बई प्रहरीसँग भएका सबै प्रमाणहरु सीबीआईलाई दिनु भन्दै घट्नाको छानबिनको सबै जिम्मा दिएको हो।

अभिनेता सुशान्त सिंहको मृत्युलाई लिएर विभिन्न विवादहरु उठिरहेका छन्। सुशान्तका बुबाले उनकी प्रेमिका रिया चक्रवर्तीमाथि मुद्दा दायर गरेका थिए। पटनामा दायर गरिएको उक्त मुद्दाबारे छानबिन भइरहेको थियो। रिया आफैँले त्यो छानबिनालाई मुम्बई सारिदिन सर्वोच्चमा अपिल गरेकी थिइन्।

बुधबार सर्वोच्चले सुशान्तको मृत्युसँग जोडिएका कुराहरुलाई लिएर छानबिन गर्ने जिम्मा सीबीआईलाई दिँदै हालसम्म भएका सम्पूर्ण अनुसन्धानको प्रमाण पनि सीबीआईलाई उपलब्ध गराउन भनेको छ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट