एकैदिन ६८१ कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा १५९ जना-Sutra News

एकैदिन ६८१ कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा १५९ जना

बुधबार, ३ भाद्र २०७७

बुधबार, ३ भाद्र २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ५२२ जनाको पीसीआर परीक्षण गर्दा यी संक्रमित थपिएका हुन्।



योसँगै नेपालमा कूल संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ।

त्यस्तै थप १२० जना कोरोनमुक्त भएका छन्। हालसम्म १७ हजार ७ सय कोरोनामुक्त भएका छन्।

त्यस्तै एकैदिन थप ६ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ।

त्यस्तै ठमाडौं उपत्यकामा भने १५९ जना संक्रमित थपिएका छन्। काठमाडौंमा १३७, ललितपुरमा १७ र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट